महिला फुटबलमा नेपालद्वारा श्रीलंका १-० ले पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलङ्कालाई १-० ले पराजित गरेको छ ।

नेपालको जितका लागि सारा लिम्बुले ८८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

महिला फुटबलमा पाँच देश सहभागि छन् । पोखरामा जारी प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुनेछ ।