बाग्लुङ जिप दुर्घटनाका मृतक सबैको पहिचान, अझै एक व्यपत्ता

बाग्लुङ । बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ ।

बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा आज बिहान १० बजे जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १४ जनाको मृत्यु हुनुका साथै ३ जना सख्त घाइते भएका थिए ।

दुर्घटनामा एकजना अझै हराइरहेका छन् । अन्दाजी ६० वर्षका धनबहादुर कार्की अझै हराइरहेका हुन् ।

त्यसैगरी घाइते हुनेमा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् ।

मृतकको पहिचान खुल्यो

अन्दाजी वर्ष २६ की सुचना कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की
अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की
इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा
नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की
बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी
इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की
इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की,
इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की
इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की
अन्दाजी वर्ष ४५ का भूमि कार्की
अन्न्दाजी वर्ष २५ की मीना बस्नेत
अन्दाजी वर्ष ३० की तुलसी कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की