मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

काटमाडौँ । मलेसियाले नेपालबाट ३१ हजार २ सय १ जना कामदारको माग गरेको छ । आज क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखी नेपालबाट रोजगारीको लागि मलेसिया जान बन्द रहेको अवस्थामा अक्टुबर महिनाबाट नेपालले मागपत्र लिन थालेको हो ।