देउवाले गरे बागलुङ दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका-७ भीमगिठेमा भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सभापति देउवाले पछिल्लो समय एकपछि अर्को ठूला दुर्घटना भइरहेकोभन्दै चिन्ता व्यक्त गरे । उनले तत्काल एक कार्यदल गठन गरी घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।