पाकिस्तानमा उडिरहेको बिमानमा तीन जनालाई हृदयघात, एक यात्रीको मृत्यु

एजेन्सी । पाकिस्तानको अन्तर्राष्ट्रिय विमानस्थल जेद्दाबाट इस्लामाबादका लागि उडेको एउटा विमानमा एक दम्पतीसहित तीन जनालाई एकैपटक हृदयघात भएको छ ।

हृदयघातका कारण एक महिला यात्रीको मृत्यु भएको छ । भने विवाहित जोडीलाई भने बचाउन सकिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।  तीं दम्पतीलाई अस्पतालमा भर्ना गरिएको छ ।

पाकिस्तान टुडेको रिपोर्टका अनुसार पिआईएको पिके ७४२ नम्बरको बिमान करिब २२५ यात्री बोकेर उडिरहेको थियो । विमान उडिरहेकैबेला तीन यात्रीलाई एकैपटक छातीको समस्या देखिएपछि विमानलाई कराचीमा आपतकालीन अवतरण गराइएको थियो ।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार यात्रीलाई नगर विमान प्राधिकरणको एम्बुलेन्सले डाक्टर र मेडिकल स्टाफसहित अस्पताल लगिएको थियो । तर महाला बिबि नामकी एक यात्रुको भने बिमानमै मृत्यु भइसकेको थियो । बाँकी दुई जनालाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताइएको छ ।