कलिला बालबालिकामाथी प्रहरीको डन्डा

बाँके । बाँकेको कोहलपुरमा प्रहरीले स्कुले बालबालिकामाथी निर्घात कुटपिट गरेको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा रहेको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि ठक्कर दिएपछि आन्दोलित बनेका विद्यार्थीमाथी प्रहरीले चरम दमन गरेको हो ।

विद्यार्थीलाई ठक्कर दिएर ट्रकम भाग्न खोजेपछि आन्दोलित बनेका विद्यार्थीमाथी सम्यमता अपनाउँदै भिड शान्त पार्नुपर्मा प्रहरीले चरक दमन गरेको हो ।

सडकमा हिँड्दै गरेका साना साना कलिला बालबालिकालाई हात समातेर प्रहरीले कुटिरहेका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसको चौतर्फि आलोचना भइरहेको छ । प्रहरीको कुटाइबाट थुप्रै विद्यार्थी गम्भीर घाइते बनेका छन् ।

स्कुले विद्यार्थीहरुमाथि यसरी निर्ममतापूर्वक प्रहरीले बल प्रयोग गरेकामा मानवअधिकारकर्मी, अभिभावक र शिक्षकहरुले आपत्ति जनाएका छन् । घटनाको भत्र्सना गर्दै उनीहरुले प्रहरीको रवैयाबाट आफुहरु स्तब्ध बनेको उल्लेख गरेका छन् ।

आफुहरुसँगै अध्ययन गर्ने कक्षा सातकी साथिलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि दोषीलाई दण्ड दिन माग गर्दै सडकमा आएका बालबालिकाहरुलाई प्रहरीले बल प्रयोग गरेको हो ।