देविले दिलाइन जुडोमा नेपाललाई स्वर्ण

काठमाडौं । १३औं सागमा अन्तर्गत महिला ५२ केजीको जुडो स्पर्धामा नेपालले स्वर्ण पदक हात पारेको छ । नेपाललाई देविका खड्काले स्वर्ण दिलाएकी हुन् ।

उनले बंगालादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशकी खेलाडीले लगातार तीन पहेलो कार्ड पाएपछि देविकाले स्वर्ण जितेकी हुन् ।

यससँगै नेपालको स्वर्ण संख्या ४४ पुगेको छ ।