नेपालकी गौरिकाले जितिन पौडीमा तेस्रो स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीकी गौरिका सिंहले नेपाललाई तेस्रो स्वर्ण पदक दिलाएकी छन् । आज भएको प्रतियोगितामा गौरिकाले महिलातर्फको ४०० फ्रिस्टाइलमा स्वर्ण जतेकी छन् ।

यस स्वर्णसहित गौरिकाको स्वर्ण संख्या ३ पुगेको छ ।

यसअघि गौरिकाले २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।