रहेनन् कांग्रेस पूराना नेता बोगटी

काठमाडौं । नेपाली कांग्रेस कैलालीका पुराना नेता डिल्ली सिंह बोगटीको आइतबार निधन भएको छ । बोगटीको गौरीगंगा नगरपालिका- ६ कठौतिस्थित आफ्नै निवासमा निधन भएको हो ।

गौरीगंगा नगरपालिका साविकको चौमाला गाविसका पूर्वसभापतिसमेत रहेका बोगटीको पार्थिव शरीरमा नेपाली कांग्रेसका महासमिति सदस्य डा. लक्ष्मीराज पाठक, कांग्रेस कैलाली जिल्ला सदस्य शेरबहादुर देउवा र नेपाली कांग्रेस नम्बर ४ कैलालीका सभापति दिनेशराज जोशीले पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको आइतबार नै शिवगंगामा नदीमा दाहसंस्कार गरिएको छ । उनी अमर मावि बनबेहडाको पूर्व अध्यक्ष, कैलाली भिजन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सान्नीकोट मन्दीर विकास समितिका अध्यक्षसमेत रहेका थिए ।

स्थानीय एवम् नेपाल सांस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ ले गौरीगंगाले एक कुसल अभिभावक गुमाएको बताए । ‘उहाँ एक निष्ठाको राजनीति गर्ने व्यक्ति हुनुहुन्थ्यो’, रावतले भने, ‘शिक्षाप्रेमी एवम् समाजसेवी स्वर्गीय बोगटी समाजका अत्यन्तै लोकप्रिय व्यक्ती हुनुहुन्थ्यो । उहाँको अभाव समाजमा सधै खड्कि रहने छ ।’