मंगलबार जोर गाडी मात्रै चल्ने

काठमाडौं । मंगलबाट काठमाडौंमा जोर नम्बर प्लेटका मात्रै सवारीसाधन मात्रै चलाउन पाइने भएको छ । विशेष गरि मुख्य सडकमा बिजोर नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्ने बताइएको छ ।

मंगलबार दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापनका अवसरमा सवारी जामलाई व्यवस्थित गर्त ट्राफिक प्रहरीले भोलिका लागि जोर नम्बर भएका सवारीसाधनलाई मात्र चल्न दिने यसअघि नै सूचना जारी गरेको थियो ।

१३ औं सागको उद्घाटनको दिन बिजोर नम्बर प्लेटका सवारीसाधनलाई मात्र चल्न दिइएको थियो ।