पुरुष बास्केटबलमा नेपाल कास्यमा सिमित

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपाल कास्य पदकमा सिमित भएको हो । अब पुरुषतर्फको स्वर्ण पदकका लागि भारत र श्रीलङ्का भिड्नेछन् ।

यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ ।