भुटानलाई २-१ ले पराजित गर्दै फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।

आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर, ३७ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो ।

खेलको दोस्रो हाफमा नेपालले थप एक गोल प्रहार गर्दै फेरि अग्रता लियो । उक्त गोल नै नेपालको जितका लागि निर्णायक बन्यो ।