गर्भा दरबारमा तीन प्रदेशका साइकल यात्री

खैराला । कैलालीको चुरे गाउँपालिका ४ खैरालामा पर्ने गर्भा दरबारसम्म पहिलोपटक विशाल साइकल यात्रा सम्पन्न भएको छ । साइकल यात्रामा कर्णाली, सुदूरपश्चिम र पाँच नम्बर प्रदेशका साइकल यात्री सहभागी थिए । साइक यात्री सतिश निरौला, आशिष पाण्डे, हेमन्त बाजा, रमेशराज रेग्मी , राजेन्द्र सापकोटा, रेशम केसीलगायतको टोली यसै साता गर्भा दरबारको साइकल यात्रा गरेर फर्किएको हो ।

पर्यटन वर्ष २०२० मा दरबार क्षेत्रलाई उजागर गर्ने उद्देश्य र स्थानीयमा पर्यटकीय स्थलको महत्व दर्शाउने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको साइकल यात्री भरतविक्रम शाहले बताए । यस अघि साइकल यात्री शाह एक्लैले साइकल यात्रा गरेका थिए । हालै पुगेको कच्ची बाटो भएर उनीहरु दरबारमा पुगेका थिए ।

बाटो निकै साँघुरो र उकालो भएकाले केही जोखिमपूर्ण भएको साइकलयात्रीहरुले बताए । साइकल र मोटरसाइकलाई पनि हम्मे हम्मे पर्ने बाटो भएकाले सवारी साधन संचालनका लागि बाटो विस्तार गरिनुपर्ने उनीहरुको राय छ ।

फोटो फिचर