बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । ५२ वर्षिय भट्टराई कृतिपुरस्थित एक पारिवारिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका थिए ।

उनलाई उपचारार्थ ओम अस्पताल लगिएकोमा अस्पतालले निधन भएको घोषणा गरेको हो । चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । भट्राईका श्रीमती र एक छोरा छन् । उनकोआजै अन्त्येष्टि गरिनेछ ।