आक्रोस नियन्त्रण गर्ने  मन्त्र

सहरिया जीवन । व्यस्तता । भागदौड । अभाव र धोकाधडी । आम कुराजस्तै भएका छन् । यस्तोमा मानिस सामान्य मानसिकतामा रहँदैन । आस्वासन, छल र स्वार्थवस सम्बन्धले पनि मानिसलाई रिस उठिरहेको हुन्छ । सवारी साधन चलाउने बेला कसैले ओवरटेक गर्यो भने के  रिस उठ्छ । सहकर्मीले सहयोग गरेन  तपाईँको ब्लड प्रेशर उच्च हुन्छ । रिस उठ्नु सामान्य कुरा हो ।

यस्तो सबैलाई हुन्छ । तर जरुरी कुरा के हो भने यसबाट तपाईँ सकारात्मक तरिकाले उम्कनुपर्छ । कारण के हो भने अनियन्त्रित रिसले तपाईँको सम्बन्धमात्र बिगार्दैन, यसले तपाईँको मानसिक र शारीरिक स्वास्थ्यमा पनि नराम्रो असर गर्नसक्छ । अनियन्त्रित रिसले कैयौँपटक तपाईँलाई यस्ता कुरा बोल्न र गराउन वाध्यपार्छ कि जसले पछि पछुतोमा पार्ने गर्छ । यति तपाईँ पनि रिसको शिकार हुने गर्नुभएको छ भने यहाँ पाँचवटा टिप्स प्रस्तुत गरिएको छ । जुन तपाईँका लागि फलदायी हुनसक्छन् :-

० गिन्ती गर्नुस
रिस उठ्न थाल्यो भने १० सम्म गिन्ती सुरु गर्नुस । यदि तपाईँ कुनै विषयलाई लिएर निकै रिसाएको अवस्थामा हुनुहुन्छ भने तपाईँ १०० सम्म गिन्ती गर्नुस । जति समय तपाईँलाई १०० सम्म गन्ती गर्न लाग्नेछ त्यतिबेलासम्म तपाईँको रिस शान्त भइसकेको हुनेछ ।

० लामो सास लिनुस
तपाईँलाई रिस उठेको अवस्था तपाईँको सास छिटो छिटो चलिरहेको हुन्छ । यस्तो अवस्थामा रिस कम गर्नका लागि तपाई आफ्नो नाकबाट विस्तारै लामो सास लिनुस । त्यसलाई विस्तारै मुखबाट छोड्नुस । यो क्रम एक मिनेटसम्म गर्नुस तपाईँको रिस कम भएर जानेछ ।

० केही समय यताउता हिँड्ने
कसरतले मान्छेको नशालाई शान्त गर्छ । यसले रिस कम गर्न पनि सघाउँछ । जब तपाईँलाई रिस उठ्छ, त्यतिबेला तपाई यताउता हिँड्ने गर्नुस । सकिन्छ भने जिम गर्नुस । या कतै बसेर मन परेको गीतमा केही बेर नाच्नुस । यसो गर्दा तपाईँको दिल र दिमाग शान्त भएको हुनेछ ।

० मौन बस्नुस
कहिलेकाहीँ रिसले तपाईँलाई यस्तो बोल्न वा गर्न वाध्य पारिदिन्छ कि जुन तपाईँले सोचेकै हुँदैन । जुन पछि पछुतोको कारण बन्नसक्छ । त्यसैले जब तपाईँलाई रिस उठ्छ त्यतिबेला तपाईँ मौन बस्ने कोशिश गर्नुस । केही नबोलेर आफूलाई शान्त राख्न समय दिनुस । यसो गर्दा ५ देखि १० मिनेटमा तपाईँको रिस शान्त भएको हुनेछ ।

० व्यक्त गर्नुस
कहिलेकाहीँ आफुले महसुस गरेको कुरा भन्नु पनि उपयुक्त हुन्छ । तर त्यसबेलासम्म तपाईँले आफ्नो रिस काबुमा राखेको अवस्था हुनुपर्छ । रिसले भड्कनु कुनै समस्याको समाधान होइन । तर परिपक्व तरिकाले कुराकानी, छलफल गर्नाले तपाईँको रिस र तनाव दुवै कम गर्नमा मद्दत पुग्छ ।

एजेन्सीको सहयोगमा