श्रमिकको हालत उस्तै, पूँजीपतिको हालिमुहाली : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् छाया सरकारकी श्रम मन्‍त्रीसमेत रहेकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकसँग भएका श्रम सम्झौता सरकारले कार्यान्वयन गर्न नसकेको आरो लगाएकी छन् ।

श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनम संग्रौलाले उक्त आरोप लगाएकी हुन् ।

सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत उनको आरोप छ । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरे पनि पूँजीपतिहरूको हालिमुहाली रहेको उनको आरोप थियो ।

फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाइरहेको उनले बताइन् । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको उनले बताइन् ।

प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्किलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उनको भनाई छ ।

उनले सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै सरकारको धारणासमेत मागेकी छिन् ।