कोकिनसहित एअरपोर्टबाट बिदेशी महिला पक्राउ

काठमाडौं । अवैध लागुऔषध कोकिन सहित एक बिदेशी महिला पक्राउ परेकी छन् । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन किलो कोकिनसहित बोलिभियाकी नागरिकउ परेकी हुन् ।

राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया हेरेरा अर्टेगा ओल्गालाई सो परिमाणको कोकिनसहित प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी थिइन् ।

विमानस्थलको आगमनकक्षमा जाँच गर्नेक्रममा उनको सुटकेसभित्र कोकिन फेलापरेको थियो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।