उपनिर्वाचनले जनताको सरकारप्रतिको वितृष्णा झल्कायो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन् ।

सिन्धुपाल्चोकबाट विभिन्न पार्टी छोडेर दर्जनौं व्यक्ति कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीमा प्रवेश गराउन राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले जितेर जनता कांग्रेसप्रतिको विश्वास प्रस्ट पारेको बताए ।

सभापति देउवाले नवप्रवेशीलाई सम्मानजनक रुपमा पार्टीमा भूमिका दिइनेसमेत बताएका थिए ।  विश्वास पनि दिलाए । यस्तै पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा काँग्रेसको भोट बढेको बताए ।