ट्रम्पले गरे अन्तरीक्ष फौजलाई बजेट विनियोजनको घोषणा

एजेन्‍सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको अन्तरीक्ष फौजका लागि बजेट विनियोजन गरेका छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार बजेट घोषणा गरेका हुन् ।

ट्रम्पले एक समारोहबीच अन्तरीक्ष फौजलाई बजेट विनियोजन घोषणा गरेका थिए । ७० वर्ष पुरानो अमेरिकी हवाई सैनिक अन्तर्गत रहने गरी अन्तरीक्ष फौजले काम गर्ने जनाइएको छ ।

बजेट विनियोजन घोषणापछि ट्रम्पले अन्तरीक्षको प्राथमिकता अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडेको बताए । अमेरिकी सैनिकलाई ७३८ अर्ब डलरको बजेट विनियोजत गर्दा अन्तरीक्ष सैनिकलाई पनि छुट्याइएको हो ।