शिवगंगा सामुदायिक वनको अध्यक्षमा कृष्णराज योगी

धनगढी । कैलालीको शिवगंगा सामुदायिक वनको अध्यक्षमा कृष्णराज योगी विजयी भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका- ३ को कुचैनीमा रहेको शिवगंगा सामुदायिक वनको अध्यक्षमा योगी तीन सय आठ मतका विजयी बनेका हुन् ।

योगीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी बाधुराम चौधरीलाई ३३ मतले पराजीत गरे । चैधरीले दुई सय ७५ मत ल्याएका थिए ।

उपाध्यक्षमा भागीराम चौधरी तीन सय छ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्ववन्द्वी शेर बहादुर राजीले दुई सय ५२ मत प्राप्त गरे । सचिवमा सरिता थरुनी दुई सय ९४मत ल्याएर विजयी हुँदा वविता चौधरीले दुई सय ६१ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा नवराज कडेल तीन सय ११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सिद्धराज कडेलले दुई सय ११ मत प्राप्त गरेका छन् ।

सह–सचिवमा नरेन्द्र बहादुर सिह दुई सय ९० मत ल्याएर विजयी भएका छन् । सह–सचिवकै प्रत्यासी चन्द्रमणी आचार्यले दुई सय ६४ मत प्राप्त गरे ।

यस्तै सामुदायिक वनको लेखा समिति संयोजक तिलकराज कडेल दुई सय ४७ ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गणेश चन्दले एक सय ६४ मत पाएका छन् ।