धामीलाई सम्मान

कञ्चनपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कञ्चनपुरले केन्द्रीय सदस्य नवीनसिंह धामीलाई बधार्इ तथा सम्मान गरेको छ ।

प्रतिष्ठानको ७ औं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका धामीलाई संस्थाका निवर्तमान केन्द्रीय पदाधिकारी तथा प्रदेश संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले खादा र अबिर लगाएर बधाई दिएका हुन । प्रतिष्ठानकी कञ्चनपुर जिल्ला अध्यक्ष सरस्वती दहालको सभापतिमा भएको कार्यक्रममा सुप संयोजक डोटेली कान्छा प्रमुख अथिति थिए ।

कार्यक्रममा महाकाली साहित्य संगमका उपाध्यक्ष चिनाराम नेपाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बैतडी जिल्ला अध्यक्ष प्रेम बिबश चन्द, प्रतिष्ठान कञ्चनपुर जिल्ला सचिव सरस्वती जिसि, कोषाध्यक्ष प्रदिप पाल, सहकोषाध्यक्ष मासुम बिष्ट लगायतले बधाई तथा शुभकामना दिएका थिए ।