देवदहमा युवा रेडक्रस सर्कल

रुपन्देही । रूपन्देहीको देवदहमा युवा रेडक्रस सर्कल गठन भएको छ । उपशाखा अन्तर्गत उपशाखा स्तरीय सर्कल गठन भएको हो ।

रेडक्रसको देवदह उपशाखाका सभापति कृष्ण न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रस रुपन्देहीका जुनियर समिति सदस्य तथा मणिमुकुन्द उपशाखाका कार्यवाहक सभापति सुहाबहादुर नेपाली थिए ।

विभिन्न संस्थाका प्रतिनिधि, उपशाखाका अन्य पदाधिकारी र देवदह उपशाखा अन्तर्गत विभिन्न वाडाका ६० जना युवाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको रेडक्रसकर्मी बन्दना पोखरेलले जनाएकी छन् । कार्यक्रमबाट विकाश गहतराजको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।