भरतीय मोडेल भान्सामा मृत फेला

ऐजेन्सी । भारतीय टेलिभिजनकी परिचित कलाकार शेफ जगी जाँन आफ्नै घरमा मृत फेला परेकी छन् । जगी शेफ आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी हुन् । उनी केरलको कुरवनकोनमस्थित एक फ्ल्याटमा आफ्नी आमासँगै बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार उनी किचनमा मृत अवस्थामा भेटिएकी हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले कारण खुल्न नसकेको बताएको छ । भारतीय मिडियाका अनुसार उनको आज पोस्टमार्टम गरिनेछ ।

भनिएको छ कि जतिबेला शेफ जगीको मृत्य भएको थियो, त्यसबेला उनकी आमा पनि घरमै थिइन् । तर उनी छोरीको मृत्युका कारण बेहोसी अवस्थामा रहेको मिडियाले बताएका छन । जगीको शव उनका छिमेकीले देखेका थिए । घटनाबारे उनका छिमेकीले नै प्रहरीलाई जानकारी दिएको बताइएको छ । उनी चिरपरिचित होस्ट, सिंगर, मोडल र मोटिवेशनल स्पिकर थिइन् ।