‘आइसी डिजाइनर रनवे’का लागि मोडलको खोजी

काठमाडौं । नौ बर्षदेखि नियमित आयोजना हुँदै आएको नेपालको उत्कृष्ट फेसन सो ‘आइसी डिजाइनर रनवे’ आउँदो चैत्र ८ गते आयोजना हुने भएको छ । सो फेसन शोका लागि मोडल छनोट गर्ने उद्देश्यले ‘आइससी डिजाइनर रनवे अडिसन’ आयोजना हुने भएको छ ।

पुस १२ गते शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजना हने अडिसनका लागि आवेदन खुल्ला गरिएको छ । जसमा ५ फिट ६ इन्च उचाही भएका १८ बर्षदेखि २६ बर्षसम्मका महिला मोडलले आवेदन भर्न सक्ने आयोजकले जनाएको छ ।

अडिसनबाट उत्कृष्ट २३ मोडलको छनौट गरिनेछ । अडिसनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागीता जनाउन पाउने शोको मानेजमेन्टको जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, बरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलालगायत अडिसनको निर्णायकमा रहनेछन् ।