कैलालीमा विप्लवका दुई कार्यकर्ता पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्नता भए नभएको स्पस्ट नभइसकेको बस्नेतले बताए । स्थानीय सामुदायिक वनमा नियमानुसार दाउरा काटिरहेका उपभोक्तालाई धम्की दिएको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । टेकबहादुर, राज्यविरुद्ध सङ्गठित अपराध र राजद्रोहविरुद्धको दुई मुद्दाका अभियुक्त रहेको जनाइएको छ ।