सिनामंगलको अर्को नामः सँधै ट्राफिक जाम

काठमाडौं । करिब दुई वर्षअघि काठमाडौंको परानोवानेश्वर नजिकै रहेको भत्केको पुल निर्माण भएपछि यात्रुहरुले यात्रा सहज हुने अपेक्ष गरे । सिनामंगल पुलदेखि काठमाडौं मेडिकल कलेजसम्मको सडक विस्तार र स्तारोन्नती पनि गरिएपछि बटुवाहरुले सहज यात्रको थप अपेक्षा गरे । विडम्बना यो सडक र पुल निर्माण भएयता कहिल्यै पनि यात्रा सहज नभएको के एम सी मेडिकल कलेजमा उपचारका लागि आएका फकिर सिंह खतिवडाले बताए ।

बाटोको एकापट्टि स्थायी रुपमा हुने पार्किङ बढेर अचेल दुवैतिर अस्तव्यस्त रुपमा सवारी पार्किङले यो बाटो जाम मात्र होइन जोखिमपूर्ण समेत हुने गरेको उनले बताए । ट्राफिक प्रहरी र काठमाडौं महानगर पालकासँग अस्पताल, स्थानीय वासिन्दा र बटुवाले पटक पटक गुनासो गरे पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

सिनामंगल क्षेत्रमा कार्यालय स्थापना गरेका एअरलाइन्स कम्पनीहरु, होटेल, रेस्टुराँ, अन्य अफिललगायतका सवारी साधन निर्लज्ज रुपमा सडकमै पार्किङ गरिने भएकाले यो बाटो निकै अस्तव्यस्त र जोखिमपूर्ण हुने गरेको बटुवाहरु बताउँछन् ।