धनगढीको हवाई सेवा प्रभावित

कैलाली । बाक्लो हुस्सुका कारण बुधबार धनगढी काठमाडौंको हवाइ सेवा प्रभावित भएको छ । हुस्सुले ‘भिजिविलिटी’ नभएपछि उडान प्रभावित भएको धनगढी विमानस्थलले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण धनगढीका अनुसार भिजिविलिटीका कारण बुधबार हुने तीन वटै उडान रद्द गर्नु परेको हो ।

काठमाडौंबाट धनगढीका लागि श्री यअरलाइन्सले दैनिक दुई र बुद्ध यअरले एक वटा उडान भर्दै आएका छन् । नेपाल वायुसेवा निगमले भने हप्तामा तीन दिन मात्र उडान भर्ने गरेको छ ।