आज सूर्य ग्रहणः के गर्न हुन्छ, के हुँदैन

काठमाडौं । अहिले सूर्य ग्रहण लागिरहेको अवस्था छ । यो विहान करिब ८ बजेर ३७ मिनेटबाट सुरु भएर ११ बजेर २९ मिनेटसम्म कायम रहने छ । सूर्य ग्रहणको कूल अवधि २ घन्टा ५३ मिनेट बताइएकोे छ ।

ग्रहणकालमा के गर्न हुन्न ?
१ ज्योतिसका ज्ञाताहरुका अनुसार ग्रहणको अवधिमा तेल लगाउन हुँदैन । पानी पिउन, सुत्न, केस कोर्न, सम्भोग गर्न, दाँच ब्रस गर्न, कपडा निडोड्न, ताला खोल्न नहुने बताइएको छ ।

२ ग्रहणको समयमा सुत्नाले रोगले समात्ने, मल त्याग्नाले पेटमा कृमि रोग लाग्ने, यौन क्रिडा गर्नाले सुंगुरको जुनी मिल्ने, मालिस गर्नाले कुष्ठ रोग लाग्ने बताइएको छ ।

३ सूर्य वा चन्द्रग्रहणका बेला भोजन गर्ने मानिस जति दाना अन्न खान्छ त्यति नै वर्ष अरुतुन्द नामक नर्कमा वास बस्ने बताइएको छ । त्यस्तो मानिस, उदर, गुम्मरोगी र दाँतविहीन जन्म लिने बताइएको छ ।

४ बृद्धबृद्धा र बालबालिका र रोगी मानिसले भने एक प्रहर पूर्व खानसक्ने बताइएको छ ।

५ ग्रहणको समयमा पात, सिन्का, हाँडा, दाउरा र फूल टिप्न हुँदैन भनिएको छ ।

६ ग्रहणको समयमा कुनै पनि शुभ र नयाँ कामको सुरुवात गर्न हुँदैन ।

यी सबै शास्त्रमा उल्लेख भएका कुरा हुन् ।

ग्रहणमा गर्न हुने काम
१ ग्रहण लाग्नुभन्दा पहिला स्नान गरेर भगवानको पूजा, यज्ञ, जप गर्नु राम्रो मानिन्छ ।

२ भगवान वेदव्यासले परमहितकारी वचन भनेका छन्, चन्द्रग्रहणमा गरिएको पूण्यकर्म, जप, ध्यान, दान आदि एक लाख गुना र सूर्य ग्रहणको समयमा गरिएको पून्य कर्म दश लाख गुना फलदायी हुन्छ ।

३ ग्रहणको समयमा गुरुमन्त्र, इष्टमन्त्र अथवा भगवन्नाम जप अवश्य गर्नुस ।

४ ग्रहण समाप्त भयो भने स्नान गरेर ब्राह्मणलाई दान दिनु राम्रो ।

५ ग्रहण सकिएपछि पुरानो भरेको पानी, अन्न नस्ट गरेर नयाँ र ताजा खानु उत्तम ।

६ जुन ग्रहण लागेको हो, सूर्य या चन्द्र, त्यसको सुद्ध विम्ब हेरेर भोजन गर्नु राम्रो ।

७ ग्रहणको बेला गाइलाई घाँस, पंक्षीलाई अन्न र आवश्यक भएकालाई वस्त्र दिनाले अनेक गुना पुन्य प्राप्ती हुन्छ ।