सडक शिलन्यास गर्दै नगरप्रमुख वड

धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका १७ को डमौलियाको ४ नम्बर टोलमा सडक शिलन्यास गर्दै उममहानगरपालिकाका मेयर नृपबहादुर वड । नगरसँगै जोडिएर पनि बत्तिमुनीको अँध्यारोजस्तै बनेको डमौलियामा कालोपत्रे सडक पुगेको छ ।

सबै टोलमा सडक पुर्याउने उमपहानगरको योजना अनुसार ४ नम्बर टोलमा सडक शिलन्यास गरिएको हो । गाउँमा बिजुली बत्ति पुगेको र सबै शाखा सडकहरुलाई कालोपत्रे गरिने नगर प्रमुख वडले बताए ।