निमोनियाले ग्रस्त पूर्वस्वास्थ्य सचिव श्रेष्ठको निधन

काठमाडौं । निमोनियाले ग्रस्त पूर्वस्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ ।

उपचारको क्रममा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको निमोनियाको उपचारका क्रममा निधन भएको हो । अस्पताल प्रशासनले उनको निमोनियाले निधन भएको पुस्टि भएको जनाएको छ ।