अमेरिकाको लाफायेत्तेमा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लुजियानास्थित लाफायेत्तेमा विमान दुर्घना हुँदा पाँच जनाको मृत्यु भएको छ । लाफायेत्तेस्थित वालमार्ट सुपरमार्केट नजिकै दुर्घटना भएर खसेको विमान कारसँग ठोक्किएको थियो ।

विमान कारसँग ठोक्किदा कारका ड्राइभरसमेत घाइते भएका छन् । अरु दुईजना पनि घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

विमानमा रहेका एकजना भने जीवित रहन सफल भएका छन् । दुर्घटना लगत्तै वालमार्ट सुपरमार्केट खाली गरिएको थियो । मृत्यु हुनेमा एकजना पत्रकार रहेको अधिकारीहरूले जनाएका छन् ।