प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपा सचिवालय बैठकको निर्णय

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नाम ‘बाग्मती प्रदेश’ राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गर्दै सोअनुसार प्रदेश सभामा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिने निर्णय गरेको बताइएको छ ।

प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत भएकाले उसले प्रदेशको नाम र राजधानी प्रदेश सभाबाट दुईतिहाइ बहुमतका साथ तोक्न सक्ने छ ।