‘आइसी डिजाइनर रनवे’को अन्तिम प्रतिस्पर्धाका लागि २० सुन्दरी छनौट

काठमाडौं । ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । राजधानीमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् ।
अडिसनबाट छानिएका मोडल आगामी चैत्र ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् ।

आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाइ सुवाल, पूर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा एक सय १२ मोडलको सहभागिता रहेको थियो ।

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षणसहित अहिलेसम्मकै फरक तरिकाले उनीहअरुलाई र्याम्पमा उतारिने छ ।
फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । शोमा मोडलले ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर र्याम्पमा प्रस्तुत गर्नेछन् ।