धनगढीका विद्यालयमा चार दिन विदा

धनगढी । अत्यधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा चार दिन विदा दिइएको छ । सरोकारवालासँगको छलफलपछि उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पुस १५ गतेदेखि १८ गते सम्म बिदा दिने निर्णय गरेको जनाएको छ ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार शिक्षा सरोकारवालाको बैठकले चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको हो । विभिन्न विद्यालयमा सञ्चालन भईरहेको परिक्षामा बाधा नपुग्ने गरि विदा मिलाउन नगरपालिकाले आग्रह गरिएको छ ।