‘मिसेस् युनिभर्स’मा अनिलालाई दुई उपाधि

काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालबाट प्रतिनिधित्व गरेकी अनिला श्रेष्ठले दुई उपाधि हात परेकी छिन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।

सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२ औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहित महिला सुन्दरीहरुको सहभागिता थियो ।

उनलाई ईप्लानेट प्रालिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो ।

आफूलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५ देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाको कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर हुन् ।