बुढानिलकण्ठमा म्यानहटनको शाखा विस्तार, पाँच हजार पर्यटक भित्र्याउने लक्ष

काठमाडौं । नेपालको पर्यटन व्ववसायलाई भारतमा प्रवद्र्धन गर्ने उद्देश्यले क्लब म्यानहटन एन्ड रिसोर्ट प्राइभेट लिमिटेडको शाखा काठमाडौंमा पनि खुलेको छ ।

भारतको मुम्बई र नयाँ दिल्लीमा समेत शाखा भएको क्लब म्यानहटन एन्ड रिसोर्ट प्राइभेट लिमिटेड काठमाडौंको बूढानिलकण्ठमा साखा स्थापना भएको हो ।

स्टार लेबलको सेवा प्रदान गरेर सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सघाउ पुर्‍याउने र गुणस्तरीय टुर प्याकेज सेवा प्रदान गर्ने उद्देश्यले क्लब म्यानहटन स्थापना गरिएको कम्पनीका व्यवस्थापकीय निर्देशक सितारा सिंहले बताए ।

कम्पनीले नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्ने उद्देश्यले भारतका विभिन्‍न ठाउँमा १५० जना प्रवद्र्धक नियुक्त गरेको जनाएको छ । नयाँ वर्ष २०२० को अवसरमा ४५० जना आगन्तुक क्लब म्यानहटनमा आएको कम्पनीको सिईओ दिपक सिंहले जानकारी दिए ।

आउँदो छ महिनामा भारतका अन्य पाँच स्थान सुरत, गुजरात, कलकत्ता, झारखण्ड, लखनउm र पुणेमा क्लब म्यानहटनले शाखा विस्तार गर्ने लक्ष लिएको छ । भ्रमण वर्ष २०२० मा पाँच हजार पर्यटक नेपाल भित्र्याउने आफूहरुको योजना भएको सिईओ सिंहले बताए ।

नेपाली नागरिकलाई सहुलियत दरमा आरामदायी सुविधा प्रदान गर्ने क्लबको प्रतिवद्धता छ । क्लब म्यानहटन भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि सहज माध्यम बन्ने पनि कम्पनीको दावी छ ।

क्लब म्यानहटनले निकट भविश्यमै पाँचतारे रिसोर्ट नेपालमा स्थापन गर्ने लक्ष लिएको पनि कम्प्नीका म्यानेजिड् डाइरेक्टर सितारा सिंहले बताए ।