१२२ चिनियाँ एक हजार जरिवाना बुझाएर छुटे

काठमाडौं । साइबर अपराधमा संलग्न १२२ चिनियाँ नागरिक जनही एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपालमा बसेर चीन बिरुद्ध साइबर अपराधमा संलग्न उनीहरूलाई जनही १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आज उक्त फैसला गरेको हो । अभद्र ब्यवहार मुद्दामा उनीहरुलाई जरिवाना भराउने फैसला गरिएको बताइएको छ । अभद्र ब्यवहारको मुद्दाको न्यायीक अधिकार जिल्ला प्रशासन कार्यालयलाई हुन्छ।

अभद्र ब्यवहारको अभियोग अन्तिम किनारा लागेसँगै उनीहरूलाई अब अध्यागमन कसुर अनुसारको कारबाही प्रक्रियामा लैजाने तयारी प्रहरीले गरिरहेको छ ।