मुम्बैमा फ्रि काश्मिरको नारा !

एजेन्सी । भातरको राजधानी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार बेलुकी भएको हिंसाको विरुद्ध दशका कतिपय स्थानमा बिरोध प्रदर्शन सुरु भएको छ ।

यही क्रममा मुम्बैको गेटवे इन्डियामा जेएनयू हिंसाको बिरोधमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा भारत बिरोधी पोस्टर समेत प्रदर्शन गरिएका छन् ।

बिरोध प्रर्दशनका क्रममा एक युवतीले फ्रि कश्मिरको पोस्टर बोकेर प्रदर्शन गरेकी थिइन् । उक्त पोस्टरलाई भारतीय मिडियाले महत्वका साथ स्थान दिएका छन् । यो आफैमा हैरान बनाउने कुरा हो भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेका छन् ।

तीं युवती मात्र होइन कैयौँ प्रदर्शनकारीले फ्रि काश्मिर र आपत्तीजनक पोस्टर प्रदर्शन गरेको भारतीय मिडियाले जनाएका छन् । प्रर्दशनलाई लिएर महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले वर्तमान मुख्यमन्त्री उद्धव ठाकरेलाई प्रश्न गरेका छन् ।

उनले ट्वीट गर्दै सोधेका छन् –‘प्रदर्शन केका लागि हो ? फ्रि काश्मिरको पोस्टर किन देखाइयो ? हामी मुम्बैमा यस्तो अलगाववादी तत्वलाई कसरी सहन सक्छौँ ?’ मुख्यमन्त्री कार्यालयभन्दा दुई किलोमिटर टाढा फ्रि काश्मिरको नारा लगाइएको हो ।