१७ जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यलय सप्तरीले १७ जना फरार प्रतिबादी पक्राउ गरेको छ । एक वर्षे कार्ययोजना अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार प्रतिवादी पक्राउ गरेको हो ।

अभियुक्त पक्राउ गर्ने कामलाई अभियानकै रुपमा सञ्चालन गरिएको र सोही क्रममा पुस २१ गते मात्र १७ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालतमा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक तिलक भारतीले जनाएका छन् ।

पक्राउ पर्नेमा कुटपित मुद्दाका प्रतिवादी सप्तरी बलान बिहुल ३ का ५४ वर्षिय जयराम साह, ज्यान मार्ने उद्धोग मुद्दाका ५८ वर्षिय ईसराइल मियाँ, लुटपाट मुद्दाका ४७ वर्षिय चन्देश्वर साह, सप्तरीका ५७ वर्षिय झौलि मंडल सप्तरीकै महेन्द्र साह, राम सुन्दर यादव, खगेन्द्र यादव, नरसिहं चौधरी, फागु मण्डल, संगिता कुमारी चौधरी, बद्री चौधरी, नजबुद मिया, राज कुमार साह, महिनारायण चौधरीको हकमा भाई दिपनारायण चौधरी, मिश्रीलाल चौधरीको हकमा छोरा अरुण कुमार चौधरी (लेनदेन मुद्दा), सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी (जालसाँझी) र बलविर कुमार यादवलाई पक्राउ गरि अदालतमा बुझाइएको प्रहरी प्रवक्ता पुरीले बताए ।