सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिदा कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं । अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरूबीच भागदौड मच्चिदा कम्तिमा ३५ जना मारिएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर नै उर्लेको थियो । सुलेमानीको अन्त्यष्टीमा एक्कासी भागदौड मच्चिदा ३५ जनाको मृत्यु भएको हो भने अन्य दर्जनौं घाइते भएका छन् ।

अन्त्यष्टीमा सहभागी हुन देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा मानिस आउँदा भीड बढेको थियो । सोही भीडमा भागदौड मच्चिएको बताइएको छ । यसअघि तेहरानमा गरिएको श्रद्धाञ्जलीमा पनि मानिसको उत्तिकै भिड लागेको थियो ।

मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए । भेला भएकाहरुले अमेरिकाविरुद्ध नाराबाजी पनि गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।