बोगटीको नेतृत्वमा रानीफाटा बनमा नयाँ कार्यसमिति

धनगढी । गौरीगंगा नगरपालिका-६ मा रहेको रानीफाटा सामुदायिक बन उपभोक्ता समितीको १०औं साधारणसभाले चक्र बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

साधारणसभाबाट उपाध्यक्षमा दानबहादुर कुवँर, सचिबमा यशोदा सिजाली, कोषाध्यक्षमा बमबहादुर साहु, सहसचिवमा गगन सिंह बोगटी चयन भएका छन् । यस्तै सदस्यमा जंग बि.क. , जंगे साउँद , सर्मिला राना, मन्सरा देबि भुल, टेकबहादुर कुवँर, धना भट्ट, कृष्णा कठायत, पार्वती उपाध्याय चयन भएका छन् ।

साधारणसभाले आजै ४ वटा विभिन्न उपसमिति चयन गरेको छ । पुरन सिंह कडायतको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ ।

लेखा समितिको संयोजकमा दलबहादुर बोगटी,अग्नि नियन्त्रण समितिको संयोजकमा ललित चौधरी, अनुगमन समितिको संयोजकमा भान सिंह साउंदको संयोजकत्वमा समिती चयन गरिएको छ ।

नबनिर्वाचित पदाधिकारीले गौरीगंगा नगरपालिका-६ की वडा अध्यक्ष कमला शर्माले सम्पूर्ण पदाधिकारीलाई अवीर लगाए बधाई ज्ञापन गरिन् । नवनिर्वाचित अध्यक्ष बोगटीले आफू सामुदायिक बनमा उपाध्यक्ष भई काम गरिसकेकाले यो अनुभवलाई अब आफ्नो नेतृत्वले उपभोक्ताको हक र हितमा काम गर्ने बताए ।अध्यक्ष बोगटीले बनले निम्न आयस्तर भएकाहरुको जीवनस्तर उकास्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने बताए ।