हिउँले सेताम्य सुदूरपश्चिम

दूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यातायात, बाटो, बिजुली बत्ति ठप्प भएको छ । हिमपातले बसपार्कमा राखिएका बस सेताम्य भएका छन् । घरका छानादेखि रुख, पात र बुट्यान सेतै बनेका छन् । दृष्यहरु जनि मोहक देखिएका छन् जनजीवन त्यति नै कष्टकर बनेको छ ।

हिमपातले आम जीवन ठप्प बनेको, बस्तुभाए बाहिर निस्कन नसकेको, रुख, बिरुवा र सडक हिउँले पुरिएको छ । विशेषगरी डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला र बझाङ बढी प्रभावित बनेको स्थानीयले बताएका छन् ।

तस्बिरहरु डडेल्धुराका पत्रकार छत्र साउद र बैतडीका पत्रकार सिपी लोहियाले डडेल्धुरा र बैतडीमा लिएका हुन् :-

बैतडीको सतबाँज क्षेत्र

डडेल्धुरा बजारबाट देखिएको दृश्य

डडेल्धुराको जंगल क्षेत्र

डडेल्धुरा बसपार्क