६ राउन्ड गोली लाग्ने पेस्तोलसहित गोंगबुबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुबाट प्रहरीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ ।

आज दिउँसो विशेष सूचनाका आधारमा गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई प्रहरीले नियन्‍त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट ६ वटा गोली लाग्ने पेस्तोल बरामद गरेको हो । बा१५च ७५२६ नम्बरको कारको पछाडिको सिटमा लुकाएर ल्याएको अवस्थामा उनीहरू हतियारसहित पक्राउ परेका हुन् ।

उनीहरू हतियार व्यवसायी भएको र तराइबाट काठमाडौंमा हतियार सप्लाइ गर्ने कार्यमा संलग्न रहेको प्रहरीको आशंका छ ।