परशुरामधाममा मकर मेला

डडेल्धुरा । हरेक वर्ष झै यसपटक पनि परशुराम धाममा मकर मेला लाग्ने भएको छ । सुदूरपश्चिमको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र परशराम धाममा पुष २९ गते राती (रतेडी) र माघ १ गते विहान दिउसेडी मेला भव्य रुपमा सञ्चालन हुन लागेको आयोजक परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदको भनाइ छ ।

राती लाग्ने सात्री मेलालाई रतेडी भनिने गरेको छ । मेरालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जोगबुडास्थित ३ वटै सुरक्षा निकाय र जिल्लाका सुरक्षा निकायसंग छलफल र समन्वय भएको मेयर साउदले बताए ।

परशुराम क्षेत्र बिकास समिति र परशुराम नगरपालिकाको संयुक्त आयोजनामा मेलामा ‘अखण्ड रामायण’ वाचन आयोजना गरिएको विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले जनाएका छन् । नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ पनि परशुराम तिर्थबाटै थालिएको थियो ।