सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

राजविराज । सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा बुधबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा रहेको स्थानीय देवनारायण साहको घरबाट सल्केको आगोले उनको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

आगलागी गाईगोठमा बालेको आगोबाट भएको हुनसक्ने स्थानीयको अनुमान छन् । आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।