गुड न्यूजले कमायो तीन करोड

एजेन्सी । अक्षय कुमारको फिल्म ‘गुड न्यूज’को कमाइले तहल्का मचाएको छ । फिल्मले रिलिज भएको १८ दिनमै ३ सय करोड कमाएर तहल्का मचाएको हो । फिल्म ओवरसिजमा १० मिलियन डलरको आँडकामा पुग्ने अनुमान गरिएको छ । जो धेरै थोरै फिल्मले त्यो अवसर पाउँछन् ।

करण जौहरले ट्वीट गर्दै गुड न्यूजको कलेक्सनको जानकारी दिएका हुन् । जौहर फिल्मका निर्माता हुन् । राज मेहताले निर्देशन गरेको गुड न्यूज एक सामाजिक हास्यव्यंग्य फिल्म हो । जसमा आईवीएफ टेक्निक प्रयोग गरेर सन्तान उत्पादनको विषयलाई हल्काफुल्का रुपमा देखाइएको छ ।

फिल्ममा अक्षय कुमारसँग करीना कपूर, दिलजीत दोसाँझ र कियारा आडवाणी मुख्य भूमिकामा छन् ।