बाक्लो हुस्सुले विमानस्थलको उडान-अवतरण प्रभावित

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट बाक्लो कुहिरो लागेको छ । बिहीबार शुक्रबार दिनभरी परेको पानी रोकिए पनि बाक्लो कुरोका कारण काठमाडौं उपत्यकामा निकै चिसो बढेको छ ।

चिसोले त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरणसमेत प्रभावित भएको छ । कुहिरोले भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार भिजिविलिटी ५० मिटर मात्र रहेकाले उठान प्रभावित हुन पुगेको हो । विस्तारै कुहिरो हट्ने क्रममा रहेको र त्यसको प्रभाव दिनैभर पड्ने बताइएको छ ।

शनिबार दिउँसोसम्म मौसम आंशिकदेखि समान्य बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।