अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड एकमत

काठमाडौं । लामो समय देखि विवादमा रहे पनि अग्नि सापकोटालाई सभामुख बनाउने कुरामा नेपाल कम्युनिस्ट पार्टी (नेपाल) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान झन्डै दुई घन्टा लामो छलफलले यो सहमति बनेको । आइतबार बेलुकी बस्ने नेकपा सचिवालयको बैठकले सापकोटाको नाम अनुमोदन गर्ने छ ।

‘सभामुखलगायत समसामयीक विषयमा निर्णय र छलफलका लागि’ भन्दै नेकपाले सचिवालय बैठक बोलाइएको हो । वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको सभामुखमा कडा दाबी भए पनि दाहालको पहिलो रोजाईमा सापकोटा थिए । ओलीले भने सुभास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए ।