नगरस्तरिय खेलकुद प्रतियोगितामा कर्मेश्वरका विद्यार्थी उत्रिए भिजिट वर्षको लोगोसहित

भजनी । भजनी नगरपालीकामा पन्ध्रौ स्रोतकेन्द्र स्तरिय तथा तेस्रोनगर स्तरिय अन्तर विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएकोछ ।

नगरपालिकाद्वारा आयोजित कार्यक्रममा नगर भित्रका सम्पूर्ण विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा मावितर्फको रनि सिल्ड मोहन्याल मावि भजनी, निमावीतर्फको सिल्ड कर्मेश्वर मावि पृथिवीपुर चर्चा र प्रावितर्फको सिल्ड मदरल्याण्ड इङ्लिस वोर्डिङ स्कुल भजनिले हात पारेको छ । प्रतियोगिता पुस २३ देखि माघ ८ गतेसम्म चलेको थियो ।

प्रतियोगितामा कर्मेश्वर मावि चर्चाका विद्यार्थी तथा शिक्षकहरुले आफ्ना खेलाडिलाई भ्रमण वर्ष २०२० को लोगो अंंकित पोसाक लगाएका थिए । उक्त विद्यालयमा नेपाल सरकारको प्राविधिक धार अन्तरगतको सिभिल इन्जिनियर ९ देखि १२ कक्षासम्म अध्ययन गराइँदै आइएको छ ।

प्राविधिक शिक्षक खजेन्द्र जैशीका अनुसार विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पोख्त बनाउनका लागि विद्यालयले जुनसुकै काम पनि नविन ढंगबाट गर्ने गरेको बताए । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भिजिट नेपाल अंकित पोसाक लगाएर खेलाडिलाई प्रतियोगितामा सहभागी गराएको बताए ।