नेकपा अध्यक्षद्वय र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

शनिबार बिहान नेकपा अध्यक्षद्वय ओली–प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संसद बैठकका विषयमा छलफल भएको हो ।

तीनै नेताबीच प्रतिनिधिसभा संसद बैठकबारे छलफल भएको बताइएको छ । प्रतिनिधिसभा संसद बैठक भोलि (आइतबार) बोलाइएको छ । बैठकमा सभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको छ । तर, उपसभामुख निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छैन ।